Fourth Annual Nepal Pride Parade organized on 11th June 2022 in Kathmandu.

मेरो पहिचानसँग धेरै समस्या छन् तिमीलाई

यो मैले भोगेको छु, सुनेको छु, देखेको छु।

तर किन छन् यति समस्या

त्यो मैले अहिलेसम्म बुझ्न सकेको छैन।

कही तिम्रो विशेषाधिकार गुम्ने डर त हैन

तिमीले मेरो पहिचान आत्मसात गर्न नसक्नुको कारण।

मेरो पहिचान अवस्य तिम्रो पहिचानको परिभाषासँग मेल खादैन

तर तिमीले बनाएको त्यो परिभाषासँग मेल खानै पर्ने बाध्यता पनि छैन मेरो पहिचानलाई।

मेरो पहिचान तिम्रो व्याकरण जस्तो हैन

अरुसँग उधारों माग्दै बनाउनु पर्ने

यो त विशुद्ध प्राकृतिक हो।

“पहिचान” शब्द नै तिम्रो आफ्नो हैन

तर पनि अरुको पहिचानमा धेरै प्रश्न छन् तिम्रो।

आज ती प्रश्नको जवाफ दिदै एउटा कुरा मात्र भन्छु तिमीलाई,

“पहिचान” शब्दको उत्पति जुन भाषा र लिपिबाट भए पनि

तिम्रो समाजमा पहिचानको परिभाष्य जे भए पनि

मेरो पहिचानको निर्धारण म आफै गर्छु, हिजो पनि गरेको थे र भोली पनि गर्नेछु।

--

--

Shailee Chaudhary

Shailee Chaudhary

Queer, Learner, Admirer, Activist, Aspiring Writer/Author/Poet, TEDx Organizer